बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३३ किलो सुन तस्करी प्रकरण : डिआइजी लोहनीसहित सबै प्रहरीले पाए सफाइ

३३ किलो सुन तस्करी प्रकरण : डिआइजी लोहनीसहित सबै प्रहरीले पाए सफाइ

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिआइजी दिवेश लोहोनीसहित सबै प्रहरीले सफाइ पाएका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिआइजी दिवेश लोहोनीसहित सबै प्रहरीले सफाइ पाएका छन्। मंगलबार जिल्ला अदालत मोरङमा न्यायाधीश भरत लम्सालको इजलासले ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गर्दै यो प्रकरणमा मुछिएका सबै प्रहरीलाई सफाइ दिएको हो। 

जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वडीआइजी गोविन्द्रप्रसाद निरौला, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तत्कालीन एसएसपी (हाल डिआइजी), एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र तत्कालीन डिएसपी प्रजित केसी (हाल एसपी) छन्।

त्यस्तै यही प्रकरणमा मुछिएका डीएसपी सञ्जय राउत, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएको उनले जानकारी दिए। 

२०७४ साल माघ ९ गते गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो। सुन गायब बनाएको आरोपमा गोरेसहितको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्यासमेत गरेको थियो। 

जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चार वटा शीर्षकमा मुद्दा दायर भएको थियो । 

यही प्रकरणमा सरकारले प्रहरीमाथि पनि छानबिन गरेको थियो। सरकारले सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै बनाएको थियो। समितिको प्रतिवदेनकै आधारमा त्यतिबेला घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत प्रहरीलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि नै छानबिन भएपछि त्यतिबेला छानबिन समितिमाथि नै प्रश्न उठेको थियो। अघिल्लो साताको आइतबारबाट सुरु भएको यो मुद्दाको अन्तिम सुनुवाइ आज (मंगलबार) भएको थियो। उक्त फैसलाले संलग्न भनिएका सबै प्रहरीलाई सफाइ दिएको हो। 

प्रकाशित: Oct 05, 2021| 17:46 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।