बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोरीका सवारीसाधन बुझाउँदै ट्राफिक प्रहरीले भन्यो– आफ्नो सामानको सुरक्षा आफैं गर्नुपर्छ

चोरीका सवारीसाधन बुझाउँदै ट्राफिक प्रहरीले भन्यो– आफ्नो सामानको सुरक्षा आफैं गर्नुपर्छ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ। 

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कुटर सवारी धनिलाई जिम्मा लगाएको हो । हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु शतर्क रहनुपर्ने बताए।

उनले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्ने बताए। उनले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहोर्याए।

प्रमुख भट्टराईले मोटरसाइकल हराउन नदिनका लागि प्रहरी मात्रै नभएर मोटरसाइकल धनी पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए। उनले अब सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए।


प्रकाशित: Oct 05, 2021| 14:00 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।