बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–चीन सीमा विवादबारेको प्रतिवेदन गृहले परराष्ट्र मन्त्रालयलाई बुझायो

नेपाल–चीन सीमा विवादबारेको प्रतिवेदन गृहले परराष्ट्र मन्त्रालयलाई बुझायो

नेपाल-चीन सीमा विवादबारेको प्रतिवेदन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई बुझाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- नेपाल-चीन सीमा विवादबारेको प्रतिवेदन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई बुझाएको छ। चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अतिक्रमण भए-नभएको बुझ्न सरकनरले भदौ १६ गते समिति गठन गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार गृहका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो। सो समितिले हुम्लाको सीमा अतिक्रमण भएको भनिएको लिमीमा पुगेर तयार पारेको प्रतिवेदन असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो। 

गृहले आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले नेपाल समयलाई जानकारी दिए। 

उनका अनुसार गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ। समितिले सीमा क्षेत्रमा उब्जेका केहि विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न सुझाव दिएको छ।

समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए। उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो।

प्रकाशित: Oct 05, 2021| 13:34 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।