बिहीबार, भदौ ४, २०८३

महिलालाई डेराबाट अपहरण गरी बन्धक बनाउने दुई पक्राउ

काठमाडौंको चन्द्रागिरी–३, थानकोटका निरमान भोम्जनको डेराबाट उनकी पत्नीलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– काठमाडौंको चन्द्रागिरी–३, थानकोटका निरमान भोम्जनको डेराबाट उनकी पत्नीलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले अपरहणमा परेकी ती महिलालाई भक्तपुरको चाँगुनारायण–१ सरस्वतीखेलबाट उद्धार गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा धिरोज श्रेष्ठ र रसिला अवाल पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। दुवै जनाले ती महिलालाई थानकोटस्थित डेराबाट अपहरण गरी अवालको घरमा लगेर बन्धक बनाएका थिए।

श्रेष्ठ र अवाललाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले किन ती महिलालाई पक्राउ गरे भन्ने सम्बन्धमा केही खुलेको छैन।

प्रकाशित: Oct 05, 2021| 12:49 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।