बिहीबार, भदौ ४, २०८३

अत्तरियामा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मोहना–अत्तरिया ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

धनगढी- मोहना–अत्तरिया ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। सो सडकखण्ड अन्तर्गत धनगढीको बोराडाँडीमा ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिदा घाइते दार्चुलाका ४५ वर्षीय गणेश सुनारको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बसको ठक्करबाट घाइते सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताए। बस र चालक ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको उनले बताए। 

साउनयता सो सडक खण्डमा भएको १३ वटा सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र बोहराले निर्माणाधीन अवस्थामा रहेको ६ लेन सडकमा  हालसम्म ११ जनाले ज्यान गुमाइसकेको बताए।

प्रकाशित: Oct 05, 2021| 10:57 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।