धनगढी- बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। चट्याङ लागेर जिल्लाको डिलाशैनी गाउँपालिका–५, खालीबाटाका २७ वर्षीय महेश लुहारको मृत्यु भएको हो।
चट्याङ लागेर मृतकका दाइ अम्बु लुहार, मृतकका भिनाजु वडा नम्बर ३ का हरिचन्द्र लुहार र दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का दीपक महर घाइते भएको प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओझाले बताए। उनले चट्याङ लागेर भैसी समेत मरेको बताए।