मंगलबार, फागुन २६, २०८२

जापानका १०० औं प्रधानमन्त्री बनेका किशिदा को हुन्?

गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता बनेपछि ६४ वर्षीय किशिदालाई सोमबार जापानको प्रधानमन्त्री घोषणा गरिएको हो।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

टोकियो- फुमियो किशिदा जापानको सयौं प्रधानमन्त्री बनेका छन्। गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता बनेपछि ६४ वर्षीय किशिदालाई सोमबार जापानको प्रधानमन्त्री घोषणा गरिएको हो। 

National life

जापानी संसद्‌का दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो। उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेका छन्। यससँगै उनले मन्त्रिपरिषद्‌ पनि विस्तार गरेका छन्। 

निवर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको उत्तराधिकारी बनेका किशिदा यसअघि विदेशमन्त्री थिए।  उनले अब कोरोना महामारीले ग्रस्त अर्थतन्त्रको पुनःउत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन सवालको सामना गर्नुपर्नेछ। 

महामारीकैबीच ओलम्पिक आयोजना गरेका कारण आलोचित एलडीपीलाई आगामी चुनावमा जिताउने जिम्मेवारी पनि नवनियुक्त प्रधानमन्त्री किसिदाकै काँधमा आइपुगको छ।

यसअघि २९ सेप्टेम्बरमा किशिदाले लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)को नेतृत्वको चुनाव जितेका थिए। गत वर्ष सेप्टेम्बरमा योशिहिदे सुगा प्रधानमन्त्री बनेका थिए। एक वर्षको कार्यकालपछि उनले नेतृत्व छोडेका हुन्।

Laxmi sunrise bank
kumari

२९ सेप्टेम्बरमा भएको चुनावमा किशिदाले २५७ मत पाएका थिए। खोपमन्त्री तारो कोनोले भने १७० मत पाएको जापानी समाचार संस्था कोयदो न्युजले जनाएको छ। 

पहिलो चरणको चुनावमा दुई महिला प्रतिस्पर्धी सानाइ टाकाइची र सेइको नोडा पनि थिए। तर सानाइले एक सय ८८ मत र सेइकोले ६३ मत पाएपछि चुनावी दौडबाट बाहिरिएका थिए। 

जापानमा एलपिडीको नेतृत्वको चुनाव जित्‍ने नेता प्रधानमन्त्री बन्‍ने गरेका छन्। सदनमा यही पार्टीको बहुमत छ। 

को हुन् किशिदा ? 

एक राजनीतिक परिवारबाट आएका किशिदा एक मध्यमार्गी लिबरल व्यक्ति हुन्। ६४ वर्षीय किशिदाका बुबा र हजुरबुबा पनि मुलुकको संसद् सदस्य भएका थिए। सन् २०१२ मा विदेशमन्त्री भएका उनी मुलुकको सबैभन्दा बढी समय विदेशमन्त्री हुने व्यक्ति हुन्। 

हिरोसिमाका स्थायी बासिन्दा रहेका उनले सन् २०१७ सम्म विदश मन्त्रालय सम्हालेका थिए। उनले आणविक हतियारको प्रयोग गर्न नहुने बताउँदै आएका छन्। 

उनले सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको जापानको हिरोशिमा भ्रमणको व्यवस्थापन गरेका थिए। अमेरिकाले नै बम प्रहार गरेर ध्वस्त बनाएको सहर भ्रमणमा आउने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुन्। 

किशिदाले विश्‍वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानलाई कोरोना प्रतिबन्धलाई हटाउने व्यवस्था मिलाउने बताएका छन्। 

प्रकाशित: Oct 05, 2021| 04:50 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।