आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • हुम्लामा पौडेल समूहद्वारा वडादेखि जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा

हुम्लामा पौडेल समूहद्वारा वडादेखि जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा

देउवा समूहले वडादेखि जिल्ला कमिटीसम्म एकलौटी गरेको आरोप लगाउँदै पौडेल समूहले सोमबार समानान्तर जिल्ला कमिटी गठन गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

देव राना

देव राना

सोमबार, असोज १८, २०७८

सुर्खेत- हुम्लामा नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद् बढेको हो। देउवा समूहले वडादेखि जिल्ला कमिटीसम्म एकलौटी गरेको आरोप लगाउँदै पौडेल समूहले सोमबार समानान्तर जिल्ला कमिटी गठन गरेको छ। 

Everest Bank

रामबहादुर भण्डारीको सभापतित्वमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो। जसको उपसभापतिमा पेमा तामाङ र तिलक शाही, सचिवमा चन्दा फडेरा र लाकेन्द्र बहादुर लामा, सहसचिवमा राजप्रसाद जैसीलाई छन्। 

त्यस्तै सदस्यहरुमा खुल्लातर्फ घमण्डी मल्ल, छिरिङयाङजु लामा, धर्मदत्त फडेरा, जनक शाही, जगतबहादुर धामी, जस फडेरा, सुनिता बुढा चयन भएका छन्।  दलिततर्फको सदस्यमा लालकला बिक, जनजाति सदस्यमा पासाङ बुढाथोकी, जनक तामाङ, खसआर्य महिला सदस्यतर्फ नानिकला शाही, मायादेवि शाही र खस-आर्यतर्फ दाने फडेरा, बिक्रम बुढा र अन्यतर्फ प्रेमबहादुर बढाथोकी, दिपक बुमी, पे्रमा सुनार र गुठबहादुर सिंह चयन भएको पौडेल समूहकी नेतृ रीता शाहीले जानकारी दिइन्। हुम्लामा शनिबार मात्रै देउवा समूहले मोहनबिक्रम सिंहको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको थियो।

हुम्लामा पौडेल समूहले प्रदेश निर्वाचन क्षेत्रमा समेत समानान्तर कमिटी गठन गरेको छ। पार्टीका वरिष्ठ नेता पौडेल पक्ष प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) लाकेन्द्र भण्डारी र निर्वाचन क्षेत्र नम्बर (ख) मा जनक शाहीको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको छ।

देउवा समूहले निर्वाचन अधिकृतलाई हातमा लिएर एकलौटी रुपमा कमिटीहरु गठन गरेपछि समानान्तर कमिटी गठन गर्नुपरेको पौडेल समूहको भनाइ छ।

Metro Mart
worldlink

‘देउवा समूहले वडाबाटै एकलौटी गर्‍यो, उजुरी दिन खोज्दा पनि निर्वाचन अधिकृत भेट्न चाहेनन्,’ नेतृ शाहीले भनिन्, ‘नेता र कार्यकर्ताहरुलाई अन्याय गरेपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएका हौँ।’ हुम्लामा कांग्रेसले देउवा समूह निकट सुर्खेतका दुर्गाप्रसाद सापकोटा निर्वाचन अधिकृत तोकेको थियो।

जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले देउवा समूह र पूर्व सांसदसमेत रहेकी नेतृ शाहीले पौडेल समूहेको नेतृत्व गर्दै आएका छिन्। तुलनात्मक रुपमा देउवा समूहको बलियो पकड छ।

प्रकाशित: Oct 04, 2021| 09:29. 17 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।