मंगलबार, फागुन २६, २०८२

किसान आन्दोलन: लखिमपुरमा पीडा, आक्रोश र आँसु

लखिमपुर अहिले स्तब्ध छ। यस घटनापछि परिवारका सदस्यहरु बेहोस्‌जस्तै बनेका छन् भने स्थानीय त्रसित बनेका छन्। उत्तर प्रदेशमा शव उठाइएको छ। शव उठाउने क्रममा परिवार र आफन्तहरुको रोयको दृश्‍ले निकै हृदय विदारक छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

लखनऊ- आइतबार भएको झडपमा ४ जना किसानसहित ८ जनाको मृत्यु भएपछि भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरी तनावग्रस्त बनेको छ। 

National life

लखिमपुर खिरीको तिकुनियामा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीका छोरा आशिष मिश्रको गाडीले कुल्चिँदा चारजना किसानको मृत्यु भएको बताइएको छ। त्यस्तै झडपमा आशिषको जिपका चालक र ३ जना भारतीय जनता पार्टीका कार्यकर्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किसान आन्दोलनमा निहत्था किसानहरुलाई सत्ताको रापले कुल्चिएको भन्दै किसानहरु आक्रोशित बनेका छन्। अर्कोतर्फ शोकमा डुबेका परिवार र आफन्तहरुको आँशुले सत्तालाई सरापिरहेको छ। यहाँ एक बहिनीले आफ्नो भाइ गुमाएकी छन् भने एक बबुाले आफ्नो भविष्यको साहरा छोरा गुमाएका छन्। 

उनीहरुले आफ्ना आफन्तहरुलाई फर्किन आग्रह गरे पनि आत्माबिहीन भौतिक शरीर फर्किने छैनन्। पीडाले भक्कानिँदै गरेका आफन्तहरुको रोदनले खिरी अहिले शोकमा डुबेको छ। 

सडकमा प्रदर्शन गरिरहेका बेला आशिषको जिपले ठक्कर दिएपछि आक्रोशित भएका किसान तोडफोडमा उत्रिएका थिए। उनीहरूले उक्त जिपमा आगो लगाइदिएका थिए। स्थानीय नागरिकका अनुसार मन्त्रीका छोरा खेततर्फ भागेर ज्यान जोगाएका थिए। त्यस्तै झडपमा १० भन्दा बढी किसान घाइते भएको बताइएको छ ।

Laxmi sunrise bank
kumari

भारतीय किसान युनियनका नेता राकेश टिकैतले कृषि कानुनको विरोधमा उत्रिएका किसानमाथि एक्कासी आक्रमण गरिएको दाबी गरेका छन्।

प्रकाशित: Oct 04, 2021| 23:00 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।