मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्यान्डोरा पेपर्समा नाम भएका विश्‍वका नेताहरु को-को हुन्?

प्यान्डोरा पेपर्समा नाम भएका विश्‍वका नेताहरु को-को हुन्?

कर छली गरेर मुलुकबाहिर रकम लगानी गर्न र अकूत सम्पत्ति आर्जन गर्नुलाई अपराधको रुपमा मानिन्छ। उक्त खुलासा अन्तर्गत जोर्डनका राजा अब्दुल्लाह दोस्रो बिन अल-हुसेयनले बेलायत र अमेरिकामा गोप्यरुपमा सात करोड पाउण्डको सम्पन्ति खरिद गरेको पाइएको हो।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- वित्तिय दस्तावेजसँग जोडिएको इतिहासकै सबैभन्दा ठूलो 'लिक' भनिएको प्यान्डोरा पेपर्समा विश्‍वभरका नेताहरु र अर्बपतिहरुको सम्पत्तिको खुलासा गरिएको छ। 

National life

प्यान्डोरा पेपर्स नाम दिइएको यस खुलासामा विश्‍वका ३५ वर्तमान सरकार प्रमुख र पूर्व प्रमुखहरुको नाम छ भने ३०० भन्दा बढी सरकारी अधिकारीहरुको नाम उल्लेख गरिएको छ। मुलुक बाहिरका कम्पनीमा लगानी गरेर सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। 

कर छली गरेर मुलुकबाहिर रकम लगानी गर्न र अकूत सम्पत्ति आर्जन गर्नुलाई अपराधको रुपमा मानिन्छ। उक्त खुलासा अन्तर्गत जोर्डनका राजा अब्दुल्लाह दोस्रो बिन अल-हुसेयनले बेलायत र अमेरिकामा गोप्यरुपमा सात करोड पाउण्डको सम्पन्ति खरिद गरेको पाइएको हो। 

त्यसैगरी बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर उनकी पत्‍नीले लन्डनमा आफ्नो कार्यालय खरिद गर्ने क्रममा तीन लाख १२ हजार पाउण्ड बचाएको उल्लेख गरिएको छ। ब्लेयर दम्पत्तिले विदेशमा एक कम्पनी खरिद गरेको र विदेशमा भएको सम्पत्तिको स्वामित्व उक्त कम्पनीअन्तर्गत राखिएको पाइएको हो। 

रुसी राष्ट्रपति भलाद्‌मीर पुटिनको नाम पनि प्यान्डोरा पेपर्समा खुलासा गरिएको छ। मोनाकोमा रहेको सम्पत्तिमा पुटिनको स्वामित्व रहेको उक्त पेपर्समा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

चेक गणराज्यमा आगामी साता चुनाव हुँदै छ। चेक गणतन्त्रतका प्रधानमन्त्री आन्द्रे बबीसले दुई विदेशी कम्पनीमार्फत दक्षिण फ्रान्समा दुईवटा भिल्ला खरिद गरेको खुलासा गरिएको छ। 

पछिल्लो सात वर्षमा खुलासा भएका फिन्सेन फाइल्स, प्याराडाइज् पेपेर्स, पानामा पेपर्स, लक्सलिक्सपछि आएको प्यान्डो पेपर्सलाई अहिलेसम्मकै ठूलो खुलासा भएको बताइएको छ। यसमा एक करोड २० लाख फाइलहरुको खुलासा गरिएको बताइएको छ। जसमा २९ हजार विदेशमा रहेका कम्पनी र ट्रस्टहरुको स्वामित्वको विवरण सार्वजनिक गरिएको छ। 

अजरबजाइनका राष्ट्रपति इल्हाम इलीवेय र उनको परिवारले पनि मुलुकको सम्पत्ति विदेशमा व्यक्तिगत नाममा लगानी गरेको उल्लेख गरिएको छ। उनी र उनको परिवारको बेलायतमा करिब ४० करोड सम्पत्ति रहेको खुलेको हो। 

उक्त पेपर्समा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका दुई जना मन्त्रीहरुको नाम उल्लेख छ। जसमा वित्तमन्त्री सौकत तारिन र जल संसाधनमन्त्रीको नाम उल्लेख गरिएको छ। 

त्यसैगरि युक्रेनका राष्ट्रपति वलोडिमिर जेलेन्सकीको पनि नाम उल्लेख गरिएको छ। उनले सन् २०१९ मा चुनाव जित्‍नुभन्दा ठिक अघि विदेशमा रहेका कम्पनीको स्वामित्व हस्तान्तरण गरेका थिए। इक्‍वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पनि राष्ट्रपति हुनुअघि अमेरिकामा रहेको कम्पनीलाई पानामामा ट्रान्सफर गरेको पाइएको छ। 


प्रकाशित: Oct 04, 2021| 21:00 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।