काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरु विमलेन्द्र निधी, शशांक कोइराल र प्रकाशमान सिंहबीचको छलफल सकिएको छ।
निधि निवासमा भएको छलफलमा तीन जना नेताहरुले तीन निष्कर्ष निकालेको नेता सिंहका स्वकिय सचिव यूपी लामिछानेले जानकारी दिएका छन्।
लामिछानेका अनुसार क्रियाशील सदस्यता विवाद रहेका जिल्लामा तत्कालै टुंगोमा पुर्याउने र क्रियाशील सदस्यताका कारण महाधिवेशनको तालिका प्रवाभित हुन नदिनका लागि पहल गर्ने, सरकारलाई तत्काल पुर्णता दिन पार्टी नेतृत्वलाई आग्रह गर्ने र पार्टीभित्र सहमति जुटाएर मिलेर जाने र थप छलफल र भेटघाटको दायरा बढाउँदै लैजाने निष्कर्ष निकालिएको हो।
बीपी पुत्र शशांक, महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र र गणेशमान सिंहका पुत्र प्रकाशमानबीच यसअघि पनि पाँच पटक भेटवार्ता भएको छ।
यी नेताबीच भएको यो छैटौँ भेट हो। उनीहरु तीनैजनाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका छन्।