शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनगणना २०७८ को पहिलो चरण सम्पन्‍न, सुपरिवेक्षकको लापरबाहीले सूचीकृत भएनन् सयौं घर

Siddartha premir insuranceSiddartha premir insurance

जनगणना २०७८ को पहिलो चरण सम्पन्‍न, सुपरिवेक्षकको लापरबाहीले सूचीकृत भएनन् सयौं घर

राष्ट्रिय जनगणना अभियान २०७८ को पहिलो चरणम सम्पन्‍न भएको छ। तर, सुपरिवेक्षकहरुको लापरबाहीका कारण प्रदेश २ का सयौं घरहरु सूचीकरण हुन सकेका छैनन्।
 |  सोमबार, असोज १८, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, असोज १८, २०७८

जनकपुरधाम- राष्ट्रिय जनगणना अभियान २०७८ को पहिलो चरणम सम्पन्‍न भएको छ। तर, सुपरिवेक्षकहरुको लापरबाहीका कारण प्रदेश २ का सयौं घरहरु सूचीकरण हुन सकेका छैनन्।

triton college

जनगणनाको पहिलो चरण घर तथा घरपरिवार सूचीकरण सोमबार सकिएको हो। तर सुपरिवेक्षकहरुले प्रदेश २ का कयौं स्थानमा घर सूचीकरण छुटाएको आरोप लागेको छ। अस्थायी राजधानी समेत रहेका जनकपुरधामकै २० प्रतिशतभन्दा बढी घर छुटेको स्थानीयहरुको आरोप छ। 

घर छुटाउँदै र कुनै एक चोक तथा चौरामहमा बसेर फाराम भरेर अंक कोड गरी सूचीकृत गर्ने गरेको आरोप स्थानीयहरुको छ। सूचीकृत गरिएका अधिकांश घरहरुमा सुपरिवेक्षक पुगे पनि केही नसोधी घरलाई सूचीकृत गर्ने गरेकोसमेत देखिएको छ।

तथ्यांक विभागले तयार पारेको मापदण्ड अनुसार प्रत्येक घरदैलोमा पुगेर फाराम भरी घरको भित्तामा अंक कोड गरी सूचीकृत गर्ने हो तर जनकपुरधामको बजार क्षेत्र तथा बस्ती क्षेत्रमा २० प्रतिशत भन्दा बढी घर छुटाएको गुनासो जनप्रतिनिधि र स्थानीयवासीहरुको छ।

जनकपुरधाम वडा ४ का परमानन्द मल्लिकले करीब तीन दिन घि सुपरिवेक्षकहरुको टोली आफ्नो टोलमा आएको तर १०-१२ वटा घरमा मात्र गएको र आफूहरुको घरमा नआएको बताए। तथ्यांक विभागको कार्यालय जनकपुरधाममा जानकारी गराएपछि त्यो दिन सो क्षेत्रको पालो नभएकाले छुटाएको र भोलि पठाइदिने आश्वासन दिएको उनले बताए। तर गुनासो गरे पनि गणना गर्न कोही नआएको उनको भनाइ छ।

Metro Mart
vianet

त्यस्तै जनकपुरधाम वडा नम्बर ८ का धर्मेन्द्र कर्णले पनि घर सूचीकरणका लागि अहिलेसम्म आफ्नो घरमा सुपरिवेक्षक नपुगेको गुनासो गरे।

बस्ती क्षेत्र मात्र नभइ जनकपुरधामका मुख्य बजार क्षेत्र समेतमा सुपरिवेक्षक नपुगेकाले  घरधनीहरु गणनाको सूचीकरणबाट वञ्‍चित भएको अवस्था छ। जनकपुरधाम बजार क्षेत्रका दर्जनौं घरधनी परिवार सुपरिवेक्षकको कहिले आउने हो, आशमा बसेका थिए तर समय समाप्त भए पनि सूचीकरणको विवरण संकलन गर्न कोही पुगेका छैनन्।

जनकपुरधाम २ का स्थानीय विपिन सिंहले भने, ‘दुई दिनअघि जनगणनाको सुपरिवेक्षक हुँ भनेर केही व्यक्तिहरु आएर घरको बाहिरी पर्खालमा घर नम्बर लगायतका लेखेर त गयो, फाराम भर्ने वा केही सोध्‍नेलगायतका कार्य गरेनन्। ती सुपरिवेक्षकसँग फाराम खोइ भर्नु भो भनेपछि आफूलाई थाहा छ भनी फर्केर गयो।’

जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले सुपरिवेक्षकको लापरवाही र तथ्यांक विभाग कार्यालयका कर्मचारीको अनुगमनको आभावमा यस वडामा सयौं घर सूचीकृत हुनबाट वञ्‍चित भएको दाबी गरे। नयाँ मापदण्ड अनुसार स्थानीयलाई नै सुपरिवेक्षकमा खटाउँदा तिनीहरुलाई प्रायः घरको विवरण थाहा भएकाले घरमै र चोक चौराहामा बसेर सूचीकृत गर्ने समेत गुनासो आइरहेको उनले बताए।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष समेत रहेका जनकपुरधाम ४ का राजेश कर्णले तराई मधेशको जिल्लाहरुलाई जनगणनाको तथ्यांकमा कम देखाउने दृष्टिकोणले विगतकै जनगणना जस्तै यो १२ औं जनगणनामा पनि राज्यबाट सुनियोजित तरिकाले प्रक्रिया मात्र पूरा गर्ने गरी सूचीकरण भइरहेको आरोप लगाए।

उनले भने, ‘तथ्यांक विभागको यो सुनियोजित लापरबाहीले सही विवरण नआउँदा तराई मधेशका जिल्लाहरुमा धार्मिक, जातीय, सांस्कृतिक, भाषिक, राजनीतिक र आर्थिक असर पर्नेछ।’ 

'विकास र राजनीतिको प्रमुख आधार नै जनगणनाको विवरण हो,' कर्णले अगाडि भने, ‘जात, भाषा वा धर्मको आधारमा संख्यामा कमी बढी देखाएको अवस्थामा विकास र राजनीतिक दुवैमा असर पर्नेछ।’

सप्तरीको राजविराजका लोकेन्द्र यादवले पनि राजविराज क्षेत्रका कयौं घरमा सुपरिवेक्षकहरु नपुगेको बताएका छन्। उनले भने, 'सुपरिवेक्षकहरुले चिनेजानेको घर बाहेक केही घरमा मात्र जाने गरेको देखिएको छ।

सुपरिवेक्षकले गरिरहेको लापरवबाहीलाई नकार्दै जनकपुरधामस्थित तथ्यांक विभाग कार्यालय धनुषा र राष्ट्रिय जनगणनाको प्रादेशिक कार्यालयका प्रमुख विमल कुमार यादवले सूचीकरण गर्ने काममा कुनै किसिमको लापरबाही नभएको दाबी गरे। उनले धनुषामा मात्र नभइ प्रदेश २ को आठवटै जिल्लामा सूचीकरण गर्ने काम भएको बताए।

जनकपुरधामकै विभिन्‍न वडाहरुका स्थानीय सूचीकरणबाट छुटेको प्रसंगमा प्रमुख यादवले सुपरिवेक्षक गएको बेलामा घरधनी घरमा नभएकाले, भाडावाला घरहरु भएकाले केही घरपरिवार छुट्न गएको हुन सक्ने स्वीकार गरे। प्रत्येक घरदैलोमा सुपरिवेक्षक पठाएका छौं र आफैं अनुगमन समेत गरेको यादवले बताए।

सुपरिवेक्षकहरु एकै घरमा वा चोक चौराहामा बसेर फाराम भरेर प्रक्रिया पूरा गरेको आरोपमा प्रमुख यादवले त्यस्तो हुनै नसक्ने बताए। फाराम मात्र होइन घर नम्बर र परिवार संख्यासहित सूचीकृत गर्ने प्रक्रिया रहेकाले घरसम्म पुग्‍नै पर्ने हो, केही सुपरिक्षेकको नातेदार वा चिनजान भएकाले ती घरहरुमा नपुगी आफैंले फाराम भरेको हुन सक्ने यादवको भनाइ छ।

घर तथा घर परिवार सूचीकृत, मुख्य गणना र सामुदायिक गणना गरी विभिन्‍न तीन चरणमा गरिने गणनाको पहिलो चरण सोमबार सकिएको छ। धनुषामा मात्रै दुई सय सुपरिवेक्षक खटाइएका थिए। प्रत्येक सुपरिवेक्षकलाई ४ समूहमा गणना गर्ने जिम्मेवारी दिइएको थियो। 

प्रकाशित: Oct 04, 2021| 16:59 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।