शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद् विस्तारको टुंगो आजै, को को बन्दैछन् मन्त्री?

प्रमुख सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार सोमबार नै मन्त्रीहरुलाई शपथ गराउने तयारी भइरहेको छ। पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले शपथ नभए पनि नाम टुंग्याउने काम भने आजै सक्ने बताए।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन्। 

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा उनको आलोचना भइरहेको छ। 

प्रमुख सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार सोमबार नै मन्त्रीहरुलाई शपथ गराउने तयारी भइरहेको छ। पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले शपथ नभए पनि नाम टुंग्याउने काम भने आजै सक्ने बताए। 

‘क्याबिनेट विस्तार गरेर शपथ ग्रहण गर्ने, नभए टुंग्याउने काम भने आजै हुन्छ’, उनले भने। देउवाको क्याबिनेटमा अहिले कांग्रेसबाट तीन मन्त्रीसहित एक राज्यमन्त्री र माओवादीबाट दुई मन्त्री छन्। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र डा. नारायण खड्का परराष्ट्रमन्त्री छन्। 

उमेश श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसा ऊर्जामन्त्री छन्। 

कुन दलबाट को बन्दैछन् मन्त्री? 

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, भरत शाह लगायत मन्त्रीका आकांक्षी छन्। यद्यपि प्रधानमन्त्री देउवाले यसअघि तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षलाई समेट्नुपर्ने स्थितिमा संस्थापन समूहबाट मन्त्री थपिने सम्भावना कम छ। 

संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू, विजय यादव, तेजुलाल चौधरीलगायत मन्त्रीका आकांक्षी छन्। उपप्रधानमन्त्री पाउने स्थितिमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र सुजता कोइरालामध्ये एक जनाको नेतृत्वमा सरकारमा जाने पौडेल समूहको तयारी छ। यद्यपि देउवा उपप्रधानमन्त्री बनाउने पक्षमा नरहेको स्रोतको दाबी छ। सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने सम्भावना छ। 

नेकपा एकीकृत समाजवादीबाट सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का जस्तै रहेको स्रोतको दाबी छ।  

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ। माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतका स्थायी समिति सदस्यले मन्त्री बन्ने इच्छा देखाएका छन्। 

यस्तै मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मधेसी कोटाबाट मन्त्री बन्न चाहेका छन् जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ पनि आकांक्षी छन्। यस्तै सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजसमेत मन्त्रीको आकांक्षीमा  छन्। 

जसपाबाट महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम मन्त्री बन्ने चर्चामा छ। यस्तै महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको कित्तामा आइपुगेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी लगायतका सांसदले समेत आकांक्षा राखेका छन्।

नेकपा एकीकृत समाजवादीबाट सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का जस्तै रहेको स्रोतको दाबी छ।  


प्रकाशित: Oct 04, 2021| 14:28 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...