शुक्रबार, भदौ ५, २०८३

आठ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबरी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका जिल्ला अधिवेशनको नतिजा आउन थालेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका जिल्ला अधिवेशनको नतिजा आउन थालेको छ। हालसम्म ८ वटा जिल्लाको नतिजा आएको छ। प्राप्त नतिजा अनुसार संस्थापन समूहले चार जिल्लामा सभापति जितेको छ भने  संस्थापन इतर समूहले पनि चार जिल्लामै सभापति जितेको छ। 

सभापति देउवा समूहले  मनाङ, हुम्ला, ताप्लेजुङ र रामेछापमा सभापति जितेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल पक्षले भने मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ।

देउवा पक्षका मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ र रामेछापमा पूर्णबहादुर (कान्छाराम) तामाङ सभापतिमा निर्वाचित भएका छन्। पौडेल पक्षबाट मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोका, कालीकोटमा अम्मबहादुर शाही र संखुवासभामा दीपक खड्का जिल्ला सभापति बनेका छन्। 

प्रकाशित: Oct 04, 2021| 11:52 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...