सोमबार, असार २२, २०८३

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

नेपालका निकै प्रसिद्ध र खेलका क्रममा शान्त मानिने फिफा रेफ्री लव खत्रीको निधन नभएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- नेपालका निकै प्रसिद्ध र खेलका क्रममा शान्त मानिने फिफा रेफ्री लव खत्रीको निधन नभएको छ।

सोमबार बिहान ‘मर्निङ वाक’बाट फर्किएपछि घरमा उनको निधन भएको हो। उनी बाथरुममा लडेर निधन भएको हो।

उनले गत वर्ष मात्र रेफ्रीको सबै जिम्मेवारीबाट संन्यास लिएका थिए। नेपाली घरेलु खेलकुदमा र अन्तर्राष्ट्रिय खेलकुदमा उनी निकै लोकप्रिय रेफ्री मानिन्छन्।

रेफ्री बन्नुअघि खत्रीले खेलाडीका रुपमा एक दशक घरेलु फुटबलमा बिताएका थिए। उनले त्यसपछि सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरे।

खेलाडी जिवनपछि उनले करिब १५ वर्ष रेफ्रीको भूमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा देखिएका थिए।

उनको ५० वर्षको उमेरमा निधन भएको हो। उनका श्रीमती र एक छोरा छन्। रेफ्रीबाट संन्यास लिएपछि उनले अखिल नेपाल फुटबल संघको रेफ्री डाइरेक्टरको जिम्मेवारी सम्हालिरहेका थिए।

प्रकाशित: Oct 04, 2021| 11:21 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।