शुक्रबार, भदौ ५, २०८३

प्रकाशमानको प्रश्न- दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउनु?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्।

पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनको भनाइ छ।

‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने?,’ चाक्सीबारीमा सोमबार उनले प्रश्न गरे, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’

पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए। 

‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैनभन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन्? यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने?’, उनले भने।

 उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताए। जिम्मेवार नेताको हातमा नेतृत्व पुर्‍याउन उनले आग्रह गरेका छन्। काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उनले बताए। उनले असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन नहुने पनि बताए।

प्रकाशित: Oct 04, 2021| 11:07 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...