बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए? वडासदस्य समेत रहेका हरि पौडेलले विहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?, माइती पक्षको प्रश्न छ।
 |  आइतबार, असोज १७, २०७८

विनोद परियार

विनोद परियार

आइतबार, असोज १७, २०७८

बुटवल- रुपन्देही तिलोत्तमाकी २७ वर्षीया सिता भण्डारीको मृत्यु घटनामा प्रहरीको अनुसन्धानमाथि पीडित परिवारले प्रश्‍न उठाउँदै न्यायका निम्ति भन्दै आन्दोलन थप चर्काएका छन्। भदौ २० गते बिहान साँढे ४ बजे सिताको शव भेटिएको थियो।

Everest Bank

 श्रीमान टिका पौडेलसँग सुतेकी सिता बिहान एक्कासी मृत अवस्थामा फेला परेपछि माइती पक्षले हत्याको दाबीसहित शव उठाएका छैनन्। घटना भएको २८ औं दिनसम्म पनि प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्‍न उठाउँदै माइती र स्थानीयहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गरेको अनुसन्धानलाई आधार मानेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

 प्रहरीले अनुसन्धानमा सिताले आत्महत्या नै गरेको प्रमाण भेटाएको जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गरि सिताले २० गते राति मृतक भण्डारीले आइफोनको नोटप्याडमा १२ बजेर १७ मिनेटमा 'सुसाइड नोट' लेखेको र उक्त लेखाइ सिताकै भएको जिकिर गरेको छ।

 प्रहरीले अनुसन्धान प्रतिवेदन आत्महत्या गरेको उल्लेख गरि जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए। 

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए? वडासदस्य समेत रहेका हरि पौडेलले विहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?, माइती पक्षको प्रश्न छ। 

‘पीडित परिवारले के भन्छ भन्‍ने कुरा होइन, अनुसन्धानमा भेटिएको प्रमाण नै आत्महत्याको देखिन्छ,’ उनले भने। प्रहरीले आइतबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गर्दैगर्दा सिताका माइतीपक्षले भने जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका थिए।

Metro Mart
worldlink