शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मनाङ कांग्रेसको अधिवेशन काठमाडौंमै, वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व

मनाङ कांग्रेसको अधिवेशन काठमाडौंमै, वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व

नेपाली कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएको छ। कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन्। जिल्ला सभापतिसहित सबै वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएको छ। कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन्। जिल्ला सभापतिसहित सबै वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

जिल्ला सभापति बनेका गुरुङ यसअघि पनि कांग्रेस मनाङको सभापति थिए। उनी कांग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति पनि बनेका थिए।

जिल्ला कार्यसमिति उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन्। सचिवमा सुरेन्द्र गुरुङ दोहोरिएका छन् भने महेन्द्र घलेले पनि सचिवको जिम्मेवारी पाएका छन्। कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सहसचिवद्वयमा काशीराम गुरुङ र सागर गुरुङ चयन भएका छन्।

जिल्ला कार्यसमिति सदस्यहरूमा तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, विनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा, विष्णु लामा चयन भएका छन्। शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली र बेदबहादुर गुरुङ पनि सदस्यमा चयन भएका छन्।

प्रतिनिधिसभाका लागि एउटैमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ सभापतिमा छिरिङ घ्याल्बो लामा र ‘ख’ को सभापतिमा छिरिङ ओङमा गुरुङ घले चयन भएका छन्। 

मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङसहित पूर्वसांसद पाल्तेन गुरुङ, पूर्वमन्त्री एवं निवर्तमान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन्। त्यस्तै मनकुमारी घले, दावा गुरुङ, कर्मा अलोङ गुरुङ, आशा लामा, अभिप्रसाद पुनेल, प्रेम लामा, गम्भीरजंग बिक, कर्मा गुरुङ, अनिल गुरुङ (क), खेटुक गुरुङ, अनिता लामा, पार्वती लामा, अनिल गुरुङ (ख), छोङगिर्मे गुरुङ, ओङगेल गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

मनाङ कांग्रेसले स्थानीय तह र वडाहरुमा पनि सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ। नेपाली कांग्रेस मनाङले जिल्लाको भौगोलिक विकटता र विपदको अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमै अधिवेशन सम्पन्न गरेको हो। मनाङमा गत असार पहिलो साता आएको बाढी र पहिरोले आवतजावतमा निकै समस्या भएको र अधिकांश नेता–कार्यकर्ता काठमाडौंमै रहेकोले जिल्लाको सबै तहको अधिवेशन काठमाडौंमै भएको हो।

प्रकाशित: Oct 03, 2021| 20:18 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...