शुक्रबार, भदौ ५, २०८३

एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म बुटवलमा हुने

असोज १५ देखि सुरु भएको पार्टीको विधान महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बुटवलमा गर्ने बताएका हुन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म बुटवलमा हुने भएको छ। असोज १५ देखि सुरु भएको पार्टीको विधान महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बुटवलमा गर्ने बताएका हुन्। 

उनले भने, 'महाधिवेशन बुटवलमा गर्नेछौं', ओलीले भने, 'अत्यन्तै भव्यताका साथ।'

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय यसअघि नै गरेको थियो। एमालेको विधान महाधिवेशनबाट तीनवटै प्रस्ताव सर्वसम्मत पारित भएका छन्। 

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन्। 

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो।

प्रकाशित: Oct 03, 2021| 18:25 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...