काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनबाट तीनवटै प्रस्ताव सर्वसम्मत पारित भएका छन्। महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन्।
राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो।