शुक्रबार, भदौ ५, २०८३

हामीबाहेक जनताको दुखकष्ट हरण गर्ने कोही छैन : ओली

'हामी बाहेक उहाँहरूको दुखकष्ट हरण गर्ने कोही छैन। हामीबाहेक उहाँहरूलाई हर्ने कोही छैन। अशिक्षा हटाउने कोही छैन। पछौटेपन हटाउने कोही छैन,' उनले भने।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबाहेक जनताको दुखकष्ट हरण गर्ने पनि नभएको दाबी गरेका छन्। एमाले विधान महाधिवेशन समापन कार्यक्रममा सम्बोधन गर्दै उनले  यस्तो दाबी गरेका हुन्। 

'हामी बाहेक उहाँहरूको दुखकष्ट हरण गर्ने कोही छैन। हामीबाहेक उहाँहरूलाई हर्ने कोही छैन। अशिक्षा हटाउने कोही छैन। पछौटेपन हटाउने कोही छैन,' उनले भने, 'हामीले सय दिनमा के काम गरेका थियौँ भनेर देखाएका थियौँ। १ महिनामा देखाएका थियौँ। अहिले त अढाई महिनामा एउटा सरकार पनि पूर्ण हुँदैन। हामी सरकारबाट हट्यौँ, सुकुम्बासी, भूमीहीनका समस्या समाधान गर्ने कुरा पनि सबै हटे।'

ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको समेत उल्लेख गरेका थिए। 

प्रकाशित: Oct 03, 2021| 17:03 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...