काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
'मान्छेहरू अहिले २ कुराले चिन्तित छन्। एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिरामी हुन्छ। अप्रेसन गर्छ। किड्नी फेर्छ। बिरामी भयो अब त मर्छ कि भन्यो, फेरी बाँच्छ,' ओलीले भने, 'अर्को कार्यकर्ता र जनताले मलाई असाध्यै माया गर्छन्। त्यसले एमालेलाई फाइदा पुग्छ। अब बाँचेकामै चिन्तित छन् त म के गरुँ?'
ओलीले जबजलाई समयअनुसार संशोधन गर्दै लैजान सकिने पनि उल्लेख गरेका थिए।