शनिबार, चैत ७, २०८२

आगामी नोभेम्बरबाट नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने

अस्ट्रेलियाले खोप लगाएका नेपाली नागरिकलाई १८ महिनापछि प्रवेश अनुमति दिने गरी अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने भएको छ ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- अस्ट्रेलियाले खोप लगाएका नेपाली नागरिकलाई १८ महिनापछि प्रवेश अनुमति दिने गरी अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने भएको छ ।

National life

अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिएको अध्यागमनले अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई पनि नोभेम्बरदेखि आउन पाउने व्यवस्था गर्न लागेको हो।

कोभिड – १९ को बढ्दो संक्रमणका कारण विदेशी विद्यार्थीलाई प्रवेशमा रोक लगाएको अष्ट्रेलिया सरकारले खोप लगाएका भिसा प्रक्रिया पूरा गरेर जाने मिति पर्खेर बसेका विद्यार्थीहरु पहिलो चरणमा जान पाउने भएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले नेपाल लगायतका दक्षिण एसियाका मुलुकका नागरिक जान पाउने व्यवस्था गरिएको सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

अस्ट्रेलियामा १४ दिने होटल क्‍वारन्टिनको व्यवस्था भएको समयमा प्रत्येक व्यक्तिले अस्ट्रेलियाली डलर तीन हजार अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ बुझाउनुपर्ने व्यवस्थालाई हटाएर सात दिने होम क्‍वारेन्टिनमा बस्‍नुपर्ने व्यवस्था गर्न लागेको हो।

Laxmi sunrise bank
kumari

सिड्नी, मेलबर्न र क्यानबेराजस्ता राज्यका ८० प्रतिशत जनसंख्याले खोप लगाइसकेकाले प्रवेश खुला गरिने भएको हो। तर, हरेक १४ दिनमा २५० जना विद्यार्थीलाई मात्र प्रवेश दिने भएकाले नेपाली विद्यार्थी जानलाई केही समय कुर्नुपर्ने बताइएको छ। 

शैक्षिक परामर्श व्यवसायी राजेन्द्र रिजालले अहिले भिसा पाएर पनि अष्ट्रेलियाका विश्वविद्यालयमा भर्ना भएर जान नपाएका नेपाली विद्यार्थीलाई जाने बाटो खुलेको बताए। उनले भने, ‘पहिलो चरणमा खोप लगाएका नेपाली नगरीकले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न अस्ट्रेलिया छाड्न पाउँछन्। दोस्रो चरणमा विश्वविद्यालयमा भर्ना भएर पनि रोकिएका विद्यार्थी जान पाउछन्। विस्तारै अन्य विद्यार्थीलाई पनि जाने बाटो खुल्छ। अब विद्यार्थीले निर्धक्कसंग अष्ट्रेलियामा अध्ययनका लागि जानुपूर्व आवश्यक तयारी गर्दा हुन्छ।’

क्‍विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलियाजस्ता कतिपय राज्यहरूले खोप लगाउने दर कम भएका कारण भने नोभेम्बरमा नै विद्यार्थी प्रवेश खुला नगर्ने जनाएको छ। योसँगै अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्ने भएको छ।

प्रकाशित: Oct 03, 2021| 16:52 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्