काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति गरेको दाबी गरेका छन्। शुक्रबारबाट ललितपुरको गोदावारीमा सुरु भएको एमाले विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।
आफू नेतृत्वको सरकारले 'कोही भोकै पर्दैन, कोही भोकले मर्दैन' भन्ने नारा दिएको र त्यही नारा सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति त्यही भएको उनको दाबी थियो।
'हामीले नारा दियौँ- नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन। सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति त्यो हो। सबैभन्दा ठूलो समाजवाद उन्मुख सबैभन्दा ठूलो मानवतार्तफको प्रस्थानबिन्दु त्यहीँनेरि हो। त्यसकारण हामीले समाजवाद उन्मुख काम गरेका छौँ, गर्दै जाने छौँ,' उनको भनाइ थियो।