काठमाडौं- नेकपा एमालेले प्रथम विधान महाधिवेशनबाट पार्टीको लोगो परिमार्जन गरेको छ। विभाजन भएको पाँच हप्तापछि एमालेले पार्टीको लोगो परिमार्जन गरेको हो।
परिमार्जित गोलोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए।
विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा राखिएको थियो।