काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बन्न नसके अरूलाई दोष लगाउन नहुने बताएका छन्। ललिपुरको गोदावारीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'एमाले सबैभन्दा ठूलो पार्टी हो। अब पनि देश बनेन भने अरुलाई गाली गरेर हुँदैन। एमाले सबैभन्दा ठूलो पार्टी भएकाले देश बनाउने सबैभन्दा बढी जिम्मेवारी हामीमा छ,' उनले भने।
पानीको बोतलमा पनि ओलीको फोटो राखिएको भन्दै विवादि भएपछि ओलीले त्यसको बचाउ गर्ने प्रयास पनि गरेका छन्। उनले एमाले हामी मुर्तिपूजक नभएको दाबी गरे। 'हामी मूर्तिपूजा गर्दौनौँ। धर्मान्धतामा विश्वास गर्दैनौँ,' उनको दाबी छ।