काठमाडौं– एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय गरी तीन वटा तह मात्र हुने भएको छ। उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावका आइतबार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ।
उनले पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरो हटाउन लागिएको हो। पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको पौडेलले बताए। उनका अनुसार स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने भएको छ। उनले भने, ‘४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछ। केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन।’