शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा १५ सदस्यीय पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि राखिने

एमालेमा १५ सदस्यीय पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि राखिने

ललितपुरको गोदावारीमा तीन दिनदेखि जारी एमाले विधान महाधिवेशनमा ५ उपाध्यक्ष र एक उपमहासचवसहित १५ पदाधिकारी राख्ने विधानमा व्यवस्था गर्न लागिएको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्षसहित र उपमहासिचवसहित १५ जना पदाधिकारी रहने भएका छन्। ललितपुरको गोदावारीमा तीन दिनदेखि जारी एमाले विधान महाधिवेशनमा ५ उपाध्यक्ष र एक उपमहासचवसहित १५ पदाधिकारी राख्ने विधानमा व्यवस्था गर्न लागिएको हो। 

यसअघि ३ उपाध्यक्षको प्रस्ताव गरिएकोमा समूहगत छलफलका आधारमा ५ जना उपाध्यक्ष राख्न सुझाव दिइएको थियो। यस्तै प्रत्येक प्रदेशबाट ७ जना उपाध्यक्ष राख्न पनि सुझाव दिइएको थियो। तर वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष राख्न प्रस्तावलाई नै अन्तिम रूप दिने तयारी गरिएको एमालेका एक नेताले जानकारी दिए। 

यसअघि उपमहासचिवको पद नै नराख्ने गरी प्रस्ताव गरिएको थियो। शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशन आइतबार समापन हुँदैछ। विधान महाधिवेशनमा ५ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ। 

प्रकाशित: Oct 03, 2021| 15:23 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...