शुक्रबार, भदौ ५, २०८३

लोसपा छाडेका राजकुमार लेखी एमालेमा

दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन्। 

१० वर्षअघि एमालेमै रहेका उनी विभिन्न मधेशवादी दल हुँदै फेरि एमालेमै फर्किएका हुन्। कांग्रेस र एमालेजस्तै पुरानै पार्टीको शैलीमा लोसपा चलेको आरोप लगाउँदै उनले सो पार्टी त्यागेका थिए। ‘मसहित एक सय जना साथीहरु गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमाले प्रवेश प्रवेश गर्दैछौं,’ उनले भने। 

लेखीसहितको समूहलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ। लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गरेका थिए। वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। 

लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गरेका थिए। उनी २०४६ सालमै थारु कल्याणकारिणी सभाको सदस्य थिए।

प्रकाशित: Oct 03, 2021| 12:52 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...