बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दूरसञ्चार प्राधिकरणले भन्यो- आपसी वार्ताबाट समस्या सामाधान होस्

दूरसञ्चार प्राधिकरणले भन्यो- आपसी वार्ताबाट समस्या सामाधान होस्

इन्टरनेट सेवा प्रदायक कम्पनी र विद्युत् प्राधिकरणबीच देखिएको विवादमा नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताबाटै समस्या समाधान गुर्नपर्ने बताएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी र विद्युत् प्राधिकरणबीच देखिएको विवादमा नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताबाटै समस्या समाधान गुर्नपर्ने बताएको छ।

प्राधिकरणले सूचना जारी गर्दै अप्टिकल फाइबर काट्ने काम भइरहेकाले इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै अप्टिकल फाइभर काट्नु भन्दा वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएको हो। 

‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी समाधान प्रयास भइरहेको अवस्थामा अनायास अप्टिकल फाइबर  काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ,’ प्राधिकरणले जारी गरिएको सूचनामा भनिएको छ।

दूरसञ्चार एने २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको बताइएको छ। यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दु:ख व्यक्त गरेको छ।

दूरसञ्चार प्राधिकरणले राज्यको अतिआवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। 

‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुनसक्ने हुँदा सबैले आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ।

प्रकाशित: Oct 03, 2021| 12:39 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।