काठमाडौं- नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ।
राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै नेकपा एमालेले विधान महाधिवेशनको समापन हुने भएको हो।
महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिवेदनमाथि पाँच समूहगत छलफलमा संकलित सुझावलाई टोली नेताले आफ्नो निष्कर्ष प्रश्तुत गरेपछि प्रतिवेदन प्रस्तुकर्ताहरूले त्यसको जवाफ दिने छन्। त्यस लगत्तै विधान महाधिवेशन समापन गरिनेछ।
प्रतिनिधिहरूले १० समूहमा विभाजित भएर प्रतिवेदनमाथि छलफल गरेका थिए। त्यसमध्ये पाँच समूहले शनिबार समूहगत निष्कर्ष सुनाएका थिए।
बाँकी पाँच समूहको निष्कर्ष सुनेपछि प्रतिवेदन प्रश्तुत कर्ताहरू पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ।