काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ।
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आइतबार बिहान नौ बजेदेखि मतदान सुरु भएको हो।
शनिबार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन। नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन्।
मतदान सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।