शुक्रबार, भदौ ५, २०८३

कांग्रेस हुम्ला सभापतिमा सिंह

नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। उनी यसअघि पार्टी सचिव थिए। सातौं जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

सुर्खेत- नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। उनी यसअघि पार्टी सचिव थिए। सातौं जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ। 

 यस्तै उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय, सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही निर्वाचित भएका छन्।

कटकबहादुर लामा, नन्दबहादुर शाही, अंगबहादुर शाही, प्रेमबहादुर भण्डारी, ङपुड ग्याल्जोङ लामा, सूर्य शाही, रत्नलाल खड्का जिल्ला कार्यसमितिमा चयन भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिए। यस्तै महिला सदस्यतर्फ कन्यावती जैसी, सपनाकुमारी सिंह ठकुरी, नन्दसरा शाही पाल्डोन लामा, सुना बुढा, उजेली थापा र वविता कुसुम शाही, समावेशीतर्फ हरिबहादुर शाही, गुरु कार्की, नवराज भण्डारी, लोक्ते कार्की, मुगा बोहरा, गोरे पुन, धनकुमारी ऐडी, चेतना गिरी, नरबहादुर रावल चयन भएको समितिले जनाएको छ।

महिला खुलाबाट सुशीला रोकाय, मधु शाही, रीता लामा, रंगमती शाही, समावेशीतर्फ गणेश महत, पदम शाही, जुनराज हमाल, महिला समावेशीतर्फ उषा रोकाय, गोमा शाही, तुली भण्डारी, अपाङ्गतातर्फ जनकबहादुर शाही, दलितबाट दलसरा परियार, रामबहादुर टमट्टा, जनजातितर्फ पेमा डोका लामा चयन गरेको छन्।

जिल्ला कार्यसमितिमा निर्वाचित सबै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहका हुन्।

देउवा समूहको बलियो पकड भएको हुम्लामा स्थापन इतर समूहले जिल्ला अधिवेशन बहिष्कार गरेको छ। वडातहदेखि जिल्ला नेतृत्वसम्म संस्थापन समूहले एकलौटी गरेको आरोप लगाउँदै संस्थापन इतर समूहले समानान्तर कमिटी गठन गर्ने जनाएको छ।

त्यहाँका सात स्थानीय तहमध्ये ६ र दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन समूहले नेतृत्व लिएको छ। हुम्लामा संस्थान समूहको नेतृत्व केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र संस्थापन इतरसमूहको नेतृत्व पूर्व सांसद रीता शाहीले गर्दै आएकी छन्।

प्रकाशित: Oct 03, 2021| 10:39 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...