शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं : रामचन्द्र पौडेल

पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन्। लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरूले थालेको अभियानमा समर्थन जनाउँदै नेता पौडेलले उक्त कुरा बताएका हुन्।

'पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाईंमा हामी सधैँ साथीहरू पक्षमा आजाव उठाइरहने छौं। हामीले पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका होइनौं', उनले भने।

बलियाले मिच्दै जानु र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लज्जाको विषय भएको नेता पौडेलको टिप्पणी छ।

डडेल्धुरामा भएको स्थानीय अधिवेशनविरूद्वमा लडाईं निरन्तर राख्न जरूरी रहेको उनले बताएका छन् । “डडेल्धुरामा जुन ढंगबाट स्थानीय अधिवेशन भए त्यसविरूद्वमा हाम्रो लडाईं निरन्तर राख्न जरूरी छ,” उनले भनेका छन्। 

उनले सत्य र न्यायका पक्षधर साथीहरूलाई नडगमगाई अडिग रहन आग्रह गरेका छन्। उनले न्यायका लागि लडिरहेका साथीहरूलाई न्याय दिलाएरै छोड्ने अठोट व्यक्त गरेका छन्।



प्रकाशित: Oct 03, 2021| 07:18 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...