शुक्रबार, भदौ ५, २०८३

विराटनगर सभापतिमा चापागाईं निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाईं सभापतिमा निर्वाचित भएका हुन्। 

सभापतिमा निर्वाचित चापागाईं डा. शेखर कोइराला निकट हुन्। उनले संस्थापन पक्ष निकट न्यौपानेलाई पराजित गरेका हुन्। न्यौपानेले १६५ मत प्राप्त गरेका छन्।

महानगर सभापतिका लागि चारजनाबीच प्रतिस्पर्धा भएको थियो। संस्थापनबाट न्यौपाने मात्र थिए। पौडेल–कोइराला समूहबाट अरुण न्यौपाने र कृष्ण कार्की थिए। कार्कीले १३३ र न्यौपानेले १२७ मत ल्याए।

आइतबार बिहान घोषित अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा कोइराला समूहबाट इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवमा संस्थापनकी झुमा निरौला र कोइराला समूहका तेजिन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल कोइराला र सचिन पोखरेल संस्थापन समूहबाट निर्वाचित भएका छन्।  महानगर अधिवेशनमा ६८१ मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए।

प्रदेश १ को एक मात्र महानगरको नेतृत्वको लागि संस्थापन र कोइराला समूहले प्रतिष्ठाका रूपमा लिएका थिए। एक महानगर र दुई उपमहानगर धरान र इटहरीमा संस्थापन इतर समूह नेतृत्वमा पुगेको छ।

प्रकाशित: Oct 03, 2021| 06:53 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...