शुक्रबार, भदौ ५, २०८३

कांग्रेस मोरंगका पालिकाको निर्वाचन परिणाम आउन सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरंगका गाउँ/नगरको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सुरु भएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरंगका गाउँ/नगरको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सुरु भएको छ। 

मतदान भएका ८ र सर्वसम्मत भएका ३ गरी ११ स्थानीय तहमा नेतृत्व चयन भएको छ। ११ मध्ये ८ वटामा पौडेल समूह र ३ वटामा देउवा निकटका उम्मेदवार विजयी भएका छन्। 

१७ वटा स्थानीय तह मध्ये ३ वटामा शुक्रबार नै निर्विरोध भएकाले १४ वटा स्थानीय तहमा शनिबार मतदान भएको हो। विराटनगर महानगरपालिकाको मतगणना अहिले केहीबेर पछि सुरु हुने मुख्य निर्वाचन अधिकृत केदार कार्कीले बताए।

यो समाचार तयार पार्दासम्म शनिबार निर्वाचन भएका मध्ये ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन्। निर्वाचित राईले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे। निर्वाचित राई पौडेल समूहका हुन्। 

कटहरीमा पौडेल समूहका रामकुमार कामत ८३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी हरिनारायण माझीले ४३ मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार शम्भु साहले चार मत प्राप्त गरे।

 धनपालथानमा देउवा समूहका दीपकबीर पाण्डे सभापतिमा निर्वाचित भएका छन्। पाण्डेले ८३ मत प्राप्त गरे। बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडेल समूहका छत्र लिम्बु १३६ मत प्राप्त गरी विजय भएका छन् भने देउवा समूहका शम्भु भट्टराईले ९४ मत प्राप्त गरे। 

कानेपोखरीमा पौडेल समूहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन्। देउवा समूहका दीपक चौलागाईंले ७१ मत प्राप्त गरेका छन्। 

सुनबर्षी नगरपालिकामा कमल किशोर गनगाई निर्वाचित भएका छन्। उनले १०५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी महेश्वर राजवंशीले ८९ मत ल्याएका छन्। सभापतिमा निर्वाचित गनगाईं देउवा समूहका हुन्। 

पथरीशनिश्चरेमा रूपनारायण भट्टराई निर्वाचित भएका छन्। उनले ८२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी लोकनाथ खरेलले ५८ मत ल्याए। सभापतिमा निर्वाचित भट्टराई पौडेल समूहका हुन्। बुढीगंगामा जितनारायण थापा विजयी भएका छन्। उनी पौडेल निकट हुन्। 

यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्नेत पौडेल समूहका हुन्।

प्रकाशित: Oct 03, 2021| 06:45 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...