शुक्रबार, वैशाख २५, २०८३

बढ्यो पेट्रोलको मूल्य, दिल्लीमा १०२ रुपैयाँभन्दा बढी

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड बनाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ। 

National life

पेट्रोलको मूल्य दिल्लीभन्दा बढी मुम्बईमा १०८ रुपैयाँ १९ पैसा प्रतिलिटर पुगेको छ। शनिबार पेट्रोल मूल्यमा २५ पैसा र डिजलको मूल्यमा ३० पैसा बढाएको जनाइएको छ। 

पछिल्लो एक हप्तामा पेट्रोलको मूल्य चार पटक बढाइएको जनाइएको छ। त्यसैगरि डिजलको मूल्य पनि सय नजिक पुगेको छ। 

दिल्लीमा डिजलको मूल्या ९० रुपैयाँ ४७ पैसा र मुम्बईमा ९८ रुपैयाँ १६ पैसा प्रति लिटर पुगेको छ। 

कोरोना महामारीका कारण विश्‍वव्यापी उत्पादन प्रभावित भएपछि इन्धनको मूल्य बढेको बताइएको छ। पछिल्लो पटक बढेर पुगेको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा बढी भएको जनाइएको छ। 

प्रकाशित: Oct 02, 2021| 23:30 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।