शुक्रबार, भदौ ५, २०८३

कांग्रेस जिल्ला सभापतिको परिणाम: कहाँ कसले जिते?

कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन्।

कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन्।

गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन्। देउवा पक्षले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए।

हिमाली जिल्लामा दसैंअघि जिल्ला तहसम्मको अधिवेशन सम्पन्‍न गर्न लागेको कांग्रेसले शनिबार केही हिमाली जिल्लाहरुमा अधिवेशन गरेको हो। त्यसबाहेकका जिल्लामा भने पालिका तहसम्मको अधिवेशन गर्ने लक्ष्य लिएको छ।

हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागेको हो।  २१ जिल्लामै अधिवेशन गर्न निर्देशन गरेपनि विविध कारणले अहिले सबै जिल्लामा एकैसाथ अधिवेशन हुन सकेको छैन। 

ताप्लेजुङ, दोलखा, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, बाजुरा, रुकुमपूर्व, रामेछाप, गोरखा, कालिकोट र मुगुमा अधिवेशन भइरहेको छ । यीबाहेक हिमाली जिल्लाहरु सोलुखुम्बु, दार्चुला, डोल्पा, सिन्धुपाल्चोक, रसुवा, धादिङ र म्याग्दीमा भने हुन सकेको छैन।

तालिकाअनुसारै तयारी अघि बढाएका जिल्लामा शुक्रबारै प्रतिनिधिसभा क्षेत्रको अधिवेशन भएको छ। बाँकी जिल्लामा भने जिल्लाको अनुकुलता हेरेर निर्वाचन अधिकृतले नै केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी मिति निर्धारण गरी अधिवेशन गर्नेछन्। कांग्रेसले अझै पाँच जिल्लाको क्रियाशील सदस्यताकै विषयमा सहमति जुटाउन सकेको छैन। 

प्रकाशित: Oct 02, 2021| 21:50 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...