आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्मीका स्पाइकर मानबहादुर भन्छन्- समर्थकको उत्साहले च्याम्पियन भयौँ

आर्मीका स्पाइकर मानबहादुर भन्छन्- समर्थकको उत्साहले च्याम्पियन भयौँ

उनले आर्मीले प्रहार गरेको स्पाइकमा गल्ती देखाएर हेल्प नेपाललाई अंक दिएका थिए। उनले अंक दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं – त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठले छैटौं संस्करणको एनभीएल क्लब भलिबल च्याम्पिनसिपमा जितको श्रेय दर्शकलाई दिएका छन्। उनले शनिबारको खेलमा दर्शकको हुटिङले सातौं खेलाडीको काम गरेको पनि बताएका हुन्।

Everest Bank

दोस्रो सेटमा हार बेहोरेर चौथो सेटसम्म लम्बिएको फाइनल खेलमा आर्मीले २६-२४ ,१७–२५, २५–१८ र ३३–३१ को सेटमा प्रतिद्वन्दी टिपटप हेल्प नेपाललाई हराएर उपाधि जितेका थिए।

सयौँ दर्शकको उपस्थिति रहेको त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा समर्थकले आर्मीको पक्षमा नारा लगाएका थिए। एकपटक रेफ्री गौतम लासिवाको निर्णय गलत भएको भन्दै समर्थनले पानीको बोतल प्रहार गरेका हुन्। उनले आर्मीले प्रहार गरेको स्पाइकमा गल्ती देखाएर हेल्प नेपाललाई अंक दिएका थिए। उनले अंक दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो।

खेल सकिएपछि आर्मीका स्पाकइर धनबहादुरले भने, ‘यहाँ उपस्थित भएका दर्शकहरुलाई धन्यवाद भन्‍न चाहन्छु। हामीले खेलेकोभन्दा पनि उहाँहरुले भित्रि इनर्जीबाट आज हामीलाई जिताइदिएको जस्तो लागिरहेको छ।’

उनले थपे, ‘ज-जसले आर्मीको पक्षमा हुटिङ् गर्नुभयो उहाँहरुलाई धन्यवाद। आज हामीले जितेको होइन, समर्थकले जिताएको हो। एकदम रामाइलो भयो। माहोल राम्रो भयो।’

Metro Mart
worldlink

उनले कोभिडको कारण लामो समय खेल नभएको समयमा महामारीपछि समर्थकमाझ खेल्न पाउँदा निकै खुसी भएको बताएका छन्। तर प्रतियोगिता आयोजना भएपछि अभ्यासको लागि कम समय भएकाले तयारी नपुगेको पनि मानबहादुरको ठम्याइ छ।

‘कोरोनाले गर्दा हाम्रो लेभल धेरै घटेको हो। योभन्दा अघि पनि १५ दिन मात्र अभ्यास गरेर खेलेका थियौँ,’ उनले भने, ‘त्यतिबेला पनि यहि टिमले हामीलाई हराएको थियो। आज उनीहरुलाई नै हराएर बदला लिँदै उपाधि जित्दा खुसी लागेको छ।’

उनले कोरोनापछि खेल्दा गाह्रो भएकोसमेत बताएका छन्। अब छोटो समयको प्रतियोगिता मात्र नभएर लामो समयको प्रतियोगिता आवश्यक भएको पनि उनले बताए। 

‘आधिकारिक जानकारी त हामीलाई आएको छैन। तर सुनेका छौं कि भलिबलमा पनि फ्रेन्चाइज् प्रतियोगिता हुँदै रहेछ। त्यो भयो भने हामी खेलाडीलाई निकै सहयोग हुनेछ,’ मानबहादुरले भने, ‘त्यो आयोजना भयो भने त्यो सायद हाम्रो बेस्ट गेम हुनेछ। त्यस्तै प्रतियोगित होस्।’

उनले नेपालसमयसँग कुराकानीको अन्तिममा दुखेसो पनि पोखेका छन्। नेपालको राष्ट्रिय खेल भनिएको भलिबल खेलाडीलाई सरकारले बेवास्ता गरेको उनी बताउँछन्। भन्छन्, ‘राष्ट्रिय खेल भन्‍ने त छ। तर सरकारले, संघले भत्ता दिएको छैन। संघले आफ्नो ठाउँबाट र सरकारले पनि त्यसमा सहयोग गर्नुपर्छ।’

प्रकाशित: Oct 02, 2021| 07:37. 07 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।