शुक्रबार, भदौ ५, २०८३

गठबन्धन चुनावसम्म जानेमा निधिको आशंका

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दबाब दिए। 

गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गरे। उनले सरकारले अझै पूर्णता नपाउनु सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए। 

निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन सकेको छैन। मन्त्रीमण्डलले अझै पूर्णता नपाउनु भनेको यो साह्रै चिन्ता र दुःखको विषय हो। नेपाली कांग्रेसको लागि पनि र गठबन्धन दलहरुको लागि पनि। यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरुको लागि मात्रै होइन, पूरै नेपालको लागि चिन्ताको विषय हो। त्यसकारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो। छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाउने गरी तपाईंहरुको निर्णय आउनैपर्ने भयो। अब धेरै पर्खन सकिँदैन।’

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे। उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए। कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पारे। 

प्रकाशित: Oct 02, 2021| 18:34 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...