शनिबार, मंसिर २७, २०८२

एपीएफसँग यसरी बदला लियो न्यु डायमन्डले [तस्बिरहरू]

डायमन्डले गत वैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोसी गाउँपालिका अध्यक्ष कपमा बेहोरेको हारको बदला लिएको छ। न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो।
 |  शनिबार, असोज १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, असोज १६, २०७८

काठमाडौं– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बन्न सफल भएको छ। 

National life

डायमन्डले गत वैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोसी गाउँपालिका अध्यक्ष कपमा बेहोरेको हारको बदला लिएको छ। न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो। 

प्रतिस्पर्धात्मक पहिलो सेट गुमाए पनि डायमन्डले त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो। डायमन्डले पहिलो सेट २४–२६ ले गुमाउन पुगेको थियो। त्यसपछि डायमन्डले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो। डायमन्डले दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ पाएको थियो। चौथो सेटमा डायमन्डले खेल २५–१५ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो।


 

Laxmi sunrise bank
kumari








प्रकाशित: Oct 02, 2021| 15:40 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।