शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाप्रति प्रकाशमानको विश्‍लेषण- अवसर पाएर पनि काम गर्न नसक्‍ने नेता

देउवाप्रति प्रकाशमानको विश्‍लेषण- अवसर पाएर पनि काम गर्न नसक्‍ने नेता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। 

शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरेका छन्।

नेता सिंहले भने, ‘लिडरसिप परिवर्तन गर्नुपर्छ, यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न। अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्‍नु कति सान्दर्भिक हुन्छ। अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ। नत्र भने राम्रो हुँदैन।’

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी रहेको पनि दोहोर्‍याएका छन्। उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरेका छन्।

प्रकाशित: Oct 02, 2021| 15:06 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...