बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीको चुरेका पहिरो पीडितको दुई वर्षदेखि जंगलमा बास

कैलालीको चुरेका पहिरो पीडितको दुई वर्षदेखि जंगलमा बास

कैलालीको चुरे गाउँपालिकामा पहिरो पीडित दुई वर्षदेखि बिचल्लीमा रहेका छन्। दुई वर्षअघि गएको पहिरो पीडितको अहिलेसम्म पनि जंगलमै बास रहेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- कैलालीको चुरे गाउँपालिकामा पहिरो पीडित दुई वर्षदेखि बिचल्लीमा रहेका छन्। दुई वर्षअघि गएको पहिरो पीडितको अहिलेसम्म पनि जंगलमै बास रहेको छ।

पहिरोबाट प्रभावित नागरिकहरूले आफूहरूको सुरक्षित स्थानमा व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। वैज्ञानिक मापदण्ड बिपरित वर्षेनी सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । 

पहिरोको कारणले गाँउनै विस्थापित भइरहेकाछन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणिलगाएत गाउँमा पहिरोका कारण गाँउनै विस्थापित हुन थालेको स्थानीय कमलबहादुर थापाले बताए।

चुरेका विभिन्न बस्तीमा पहिरो जानथालेपछि आफूहरू घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेको स्थानीय गंगाराम थापाले बताए। अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएको उनको भनाइ छ।

आफूहरूको अहिले दैनिक छाक टार्न पनि समस्या भएको पहिरो पीडित मिनबहादुर तामाङ बताउँछन्। गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणिका ३ सय परीवार विस्थापित भएका छन्। 

यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरू नराम्ररी प्रभावित भएको छ। घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको स्थानीयको गुनासो छ।

प्रकाशित: Oct 02, 2021| 13:28 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।