बिहीबार, भदौ ४, २०८३

शान्ति समाजले बुटवलमा मनायो अहिंसा दिवस

महात्मा गान्धीको जन्मदिनमा मनाइने अहिंसा दिवस रुपन्देहीमा पनि मनाइएको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

बुटवल- महात्मा गान्धीको जन्मदिनमा मनाइने अहिंसा दिवस रुपन्देहीमा पनि मनाइएको छ। मानव अधिकार तथा शान्ति समाज ,रुपन्देहीले बुटवलमा शान्ति सन्देश सहित दिवस मनाएको हो। 

विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा यो दिवस मनाउने गरिन्छ। शान्ति सन्देश प्रदर्शनमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यवद्धता र प्रयास हुनुपर्ने बताए। उनले शान्ति कायम गर्नका लागि सबै राजनीतिक दलहरु इमान्दार बन्नुपर्नेमा जोड दिए। 

समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै हिंसारहित समाज र राष्ट्र निर्माणमा जुट्न अपिल गरे।  ‘अंहिसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नाराका साथ अहिंसा दिवस मनाइएको सचिव कपिल ज्ञवालीले जानकारी दिए। 

प्रकाशित: Oct 02, 2021| 12:15 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।