बिहीबार, भदौ ४, २०८३

किन टोक्नु हुँदैन नङ?

हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलनबाट रोक्न सकिन्छ। टुप्पोमा मात्रै पनि बस्ने किटाणु त्यसको तल बस्दैनन् भन्ने हुँदैन। त्यसले पनि कतिपय नङलाई किटाणुको घर भन्न रुचाउँछन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- धेरैले भन्ने गर्छन् नङ टोक्नु हुँदैन। तर यसको कारण धेरैलेले खुलस्त पारिदिँदैनन्। धेरैलाई लाग्छ हात धोएपछि नङमा कुनै फोहोर हुँदैन, टोके पनि फरक पर्दैन। 

तर जतिसुकै प्रयास गरे पनि हातबाट कीटाणू पूर्ण रूपमा समाप्त हुँदैनन्। नङ टोक्नु हुँदैन। 

हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलनबाट रोक्न सकिन्छ। टुप्पोमा मात्रै पनि बस्ने किटाणु त्यसको तल बस्दैनन् भन्ने हुँदैन। त्यसले पनि कतिपय नङलाई किटाणुको घर भन्न रुचाउँछन्। 

हात धुँदा नङ र औंलाको काप राम्ररी सफा नहुने सम्भावना बढी हुन्छ। हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण पनि नङ टोके ती कीटणु हाम्रो शरीरभित्र सजिलै पस्न सक्ने भएकाले नङ नटोक्नु भनिएको हो। 

कतिपय नङका सौखिनहरूले नक्कली नङ पनि धारण गर्छन्। यस्तोमा त झन् बढी किटाणु हुने सम्भावना हुने वैज्ञानिक अध्ययनले देखाएको भन्दै बीबीसीले उल्लेख गरेको छ। बरु पोलिस लगाएका नङमा तुलनात्मक रूपमा कम किटाणु बस्ने अध्ययनको निष्कर्ष थियो। 

धेरै बालबालिकाले नङ टोक्ने बानी बसाएका हुन सक्छन्। तर अभिभावकले यसमा सचेत गराउनुपर्ने हुन्छ। तपाईंहामीलाई पनि यसरी अभिभावकले सम्झाएको स्मरण गर्नुहुन्छ पनि होला कतिपयले। नङ टोक्ने बानी नराम्रो भन्ने थाहा पाएसँगै यसमा भएका किटाणु जति धोए पनि जान हम्मे पर्ने बुझिसकेपछि पनि नङ टोक्नुहुन्छ त? 

प्रकाशित: Oct 02, 2021| 07:05 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।