शुक्रबार, भदौ ५, २०८३

नेपाली कम्युनिस्ट इतिहासमै पहिलो विधान महाधिवेशन सुरु

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा र एमालेको इतिहासमा पनि नीति निर्माण गर्न पहिलोपटक विधान महाधिवेशन सुरु भएको छ।’
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– नेकपा एमालेको पहिलो विधान अधिवेशन सुरु भएको छ। ललितपुरको गोदावरीमा सुरु भएको सम्मेलनलाई नेपाली कम्युनिस्ट इतिहासमै पहिलो महाधिवेशन भनिएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा र एमालेको इतिहासमा पनि नीति निर्माण गर्न पहिलोपटक विधान महाधिवेशन सुरु भएको छ।’ एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ।

महाधिवेशनमा देशैभरबाट गरी पाँच हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशन स्थल पुगेका छन्। ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर विधान महाधिवेशन स्थल गोदावरी पुगाएका थिए। 
महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी छन्। महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन्। 

प्रकाशित: Oct 01, 2021| 13:29 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...