बुधबार, वैशाख २६, २०८१

कांग्रेस महाधिवेशनः हुम्ला सभापतिका लागि तीन नेताको दौडधुप

जिल्ला अधिवेशनको समय नजिकिँदै गर्दा हुम्लामा नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ। हुम्लामा भोलि (शुक्रबार) जिल्ला अधिवेशन गर्ने तयारी छ।
 |  बिहीबार, असोज १४, २०७८

देव राना

देव राना

बिहीबार, असोज १४, २०७८

सुर्खेत– जिल्ला अधिवेशनको समय नजिकिँदै गर्दा हुम्लामा नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ। हुम्लामा भोलि (शुक्रबार) जिल्ला अधिवेशन गर्ने तयारी छ। 

triton college

निर्वाचनको समय नजिकिँदै गर्दा जिल्ला सभापति बन्न तीन जना नेताहरुले दौडधुप बढाएका छन्। मोहनविक्रम सिंह, ठानबहादुर रोकाया र प्यारीलाल शाही सभापति बन्ने दौडमा उत्रिएका हुन्। तीमध्ये सिंह पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन्। हाल उनी कांग्रेसका जिल्ला सचिव हुन्। करिब ७ सय मतदातामध्ये ६० प्रतिशत मतदाता सिंहको पक्षमा रहेको बताइन्छ।

रोकाया र शाही भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापति बन्ने दौडधुपमा छन्। रोकाया २०७४ सालमा प्रदेशसभा (क) बाट निर्वाचन लडेका थिए। उनी नेपाल विद्यार्थी संघ हुम्ला–काठमाडौं सम्पर्क समितिको अध्यक्षसमेत भइसकेका छन्।

त्यस्तै, संस्थापन इतर समूहकै शाही पनि २०७४ सालको स्थानीय निर्वाचनमा चंखेली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका थिए। गाउँपालिकामा कांग्रेसको राम्रो पकड हुँदाहुँदै पनि आन्तरिक विवादकै कारण निर्वाचन हारेको आरोप उनले लगाउँदै आएका छन्। उनी १२ औं महाधिवेशनमा महासमिति सदस्य थिए भने १३ औं महाधिवेशनमा सचिवमा पराजित भएका थिए। शाहीले १३ औं महाधिवेशनमा चंखेलीबाट एकलौटी रुपमा प्रतिनिधि ल्याएका व्यक्तिका थिए। अहिले चंखेलीमा पनि सहमतिमा नेतृत्व चयन गरिएको छ।

तुलनात्मक रुपमा हुम्लामा संस्थापन इतर समूह कमजोर छ। समूहगत रुपमा कमजोर भए पनि व्यक्तिगत रुपमा बलियो भएको दुवैको दाबी छ। त्यहाँ विगतदेखि नै संस्थापन पक्षको दबदबा छ। संस्थापन समूहका युवा नेता एवम् नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको गृह जिल्ला हो। यहीकारण शाहीले चाहेकै व्यक्ति जिल्ला सभापति हुने सम्भावना बलियो छ। उनको समूहबाट सिंह नै निर्विकल्प सभापतिका उम्मेदवार हुन्। यहीकारण सिंह नै सभापति बन्नसक्ने सम्भावना बलियो छ। हुम्लामा १३ औं अधिवेशनमा संस्थापन पक्षले एकलौटी जितेका थिए। हाल जिल्ला कार्यसमितिमा संस्थापन इतर समूहको कोही पनि छैन।

corrent noodles
Metro Mart
संस्थापन समूहका युवा नेता एवम् नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको गृह जिल्ला हो। 

त्यसो त ७ स्थानीय तह रहेको हुम्लामा ६ स्थानीय तहमा संस्थापन समूहले सभापति हात पारेको छ। यसमध्ये सिमकोटमा धर्मराज रोकाया, खार्पुनाथमा टक्कबहादुर शाही, चंखेलीमा नर भण्डारी, अदानचुलीमा विष्णु भण्डारी, ताँजाकोटमा कृष्णबहादुर मल्ल, नाम्खा गाउँपालिकामा सुनामबहादुर लामा सभापति बनेका छन्। एउटै स्थानीय तहमा मात्रै संस्थापन इतर समूहले सभापति हात पारेको छ। सर्केगाडमा धनराज शाही सभापति बनेका छन्।

त्यस्तै, प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको हुम्लामा दुवै क्षेत्रमा संस्थापन पक्षले नेतृत्व हात पारेको छ। क्षेत्र नं. (ख) मा सर्वसम्मत नेतृत्व छानिएको छ भने (क)मा निर्वाचन भएको छ। तक्दिर लामा सर्वसम्मत रुपमा क्षेत्र नं. (ख) को क्षेत्रीय सभापतिमा चयन भएको सहायक निर्वाचन अधिकृत कैलाश रोकायले जनाए। त्यस्तै (ख) को उपसभापतिमा चक्र बुढा र भरतजंग शाही, सचिवमा कर्णबहादुर रावल र प्रताप लामा, सहसचिवमा चन्द्रबहादुर शाही र टसी लामा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै क्षेत्र नं. (क) मा भने संस्थापन पक्षको समूह नै विजयी भएको छ। (क) को क्षेत्रीय सभापतिमा मानदेव शाही निर्वाचित भएका छन्। त्यहाँ संस्थापन इतर समूहबाट लोकेन्द्र भण्डारी सभापतिमा निर्वाचन लडेका थिए।


प्रकाशित: Sep 30, 2021| 20:34 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।