आइतबार, जेठ ३, २०८३

शनिबार र आइतबार जापानबाट आउँदै ८ लाख डोज कोभिड खोप

जापानले १६ लाख डोज कोभिडविरुद्धको आस्ट्राजेनका खोप उपलब्ध गराउने भनिए पनि आधा अर्थात् ८ लाख डोज मात्र तत्काल आउने जानकारी दूतावासले दिएको छ। बाँकी आधा भने केही समय पछि नेपाल आउने दूतावासको भनाइ छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

National life

काठमाडौं- जापान सरकारले नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख डोज कोभिड खोपमध्ये आधा शनिबार र आइतबार नेपाल आउने भएको छ। नेपास्थित जापानी दूतावासले एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार जापानबाट नेपालका लागि खोप पठाइने जानकारी दिएको हो। 

जापानले १६ लाख डोज कोभिडविरुद्धको आस्ट्राजेनका खोप उपलब्ध गराउने भनिए पनि आधा अर्थात् ८ लाख डोज मात्र तत्काल आउने जानकारी दूतावासले दिएको छ। बाँकी आधा भने केही समय पछि नेपाल आउने दूतावासको भनाइ छ। 

जापान सरकारले नेपाललाई उपलब्ध गराउन खोपको समुचित व्यवस्थापन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई लगाइदिने विश्वास दूतावासले व्यक्त गरेको छ। जापानले १६ लाख डोज कोभिड खोप नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता यसअघि नै गरेको थियो। 

प्रकाशित: Aug 04, 2021| 19:20 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्