बिहीबार, भदौ ४, २०८३

कपनबाट हराएका ४ वर्षीय बालक भारतमा भेटिए

भारत घर भइ कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंकामा खोजी सुरु गरेको थियो।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं-  काठमाडौंको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन्। भारत घर भइ कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंकामा खोजी सुरु गरेको थियो। 

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बालक भारतको बिहारमा बालक भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले पुष्टि गरेका छन् ।

उनले बालक सकुशल भएको र नेपाल प्रहरीले समन्वय गरिरहेकोसमेत बताएका छन्। सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो। 

मिस्त्री काम गर्दै आएका विनोदका दाजु मिठु शर्माको टहराबाटै बालक बेपत्ता भएको भन्दै प्रहरीले उजुरी दिएको थियो। विनोदका दाजु मिठु शर्माको टहरासँगै शंकर दासको पनि टहरा छ। बालकसँगै शंकर पनि गायब भएपछि उनैले अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका छ। 

अपहरणमा परेका बालक र अपहरणको आशंका गरिएका दास दुवैको घर भारतको बिहारमा रहेको खुलेको छ। 


प्रकाशित: Sep 28, 2021| 22:11 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।