जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) परित्याग गरी कांग्रेस प्रवेश गरेका छन्। लोकसभा सदस्यका लागि भएको गत निर्वाचनमा बिहारको बेगूसरायबाट चुनाव लडेका कन्हैया मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।
मंगलबार उनी कांग्रेसका राहुल गान्धीको उपस्थितिमा दिल्लीको मुख्यालयमा कांग्रेसमा सामेल भएका हुन्। गुजरातका विधायक जिग्नेश मेवानी पनि उनीसँगै कांग्रेसमा प्रवेश गरेका थिए।
कन्हैया कुमारको दाबी मान्ने हो भने उनी देश बचाउन कांग्रेसमा प्रवेश गरेका हुन्। 'महात्मा गान्धी र भगत सिंहको सपनाले मात्र कांग्रेसलाई बचाउन सक्छ,' उनले भने, 'तपाइँ आफ्नो शत्रु छान्नुहोस्, साथीहरु स्वतः बन्छन्। हामी देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा सामेल हुन चाहन्छौं। किनकि यदि कांग्रेस बाँचेन भने देश बाँच्न सक्दैन। कांग्रेस (महात्मा) गान्धीको विचारहरूसँगै अगाडि बढ्नेछ।'
'सीपीआइलाई कुनै चोटपटक छैन। हाम्रो पार्टी बलियो भयो। पार्टीका अध्यक्ष श्रीपाद अमृत डांगेले पनि एकपटक पार्टी छोडेका थिए। केही फरक पर्दैन। एक ईट्टा पनि हल्लिन,' अन्जानले दाबी गरे।
कन्हैया कुमार कांग्रेस प्रवेश गर्ने विषमया पछिल्लो केही दिनयता समाचारहरू आइरहेका थिए। कांग्रेस स्रोतले भने सोमबार मात्रै कन्हैया मंगलबार दिउँसो तीन बजे पार्टी प्रवेश गर्ने बताएको थियो।
संयोग कस्तो पर्यो भने मंगलबार लगभग एकै समयमा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धुले आफ्नो पदबाट राजीनामा दिए भने त्यही बेला कन्हैया कुमार कांग्रेस प्रवेश गरे।
'विचारधारा फरक पर्दैन'
कांग्रेस नेताहरु कन्हैयाकुमारको प्रवेशसँगै पार्टी बलियो हुने दाबी गर्छन्। अर्कोतर्फ, सीपीआईले कन्हैया कुमारलाई 'अवसरवादी' भएको आरोप लगाएको छ।
'उनीसँग न कुनै जनसमर्थन छ, न आधार छ, न त उनले कुनै संघर्ष गरेका छन्। यस्तो स्थितिमा कांग्रेसले उनी जस्तालाई साथ लिएर कुनै फाइदा पाउने छैन,' सीपीआईले दाबी गरेको छ।
कांग्रेस पार्टी (बाहिरबाट)का नेतालाई लाग्दो हो, बाहिरबाट नेताहरू प्रवेश गराएर नयाँ कन्टेन्ट निर्माण हुन्छ। तर नेता भित्र्याउँदैमा पार्टी बलियो हुँदैन।
सीपीआईका वरिष्ठ नेता अतुल कुमार अन्जनले बीबीसी संवाददाता मोहनलाल शर्मासँग भनेका छन्, 'कन्हैयाकुमार राज्यसभा पुग्ने हतारमा देखिनु भएको छ। उहाँ संसद र राज्यसभामा पुग्न धेरै हतारमा हुनुहुन्छ। लोकसभा वा राज्यसभा जाने आफ्नो इच्छा पूरा गर्न उहाँ कांग्रेस प्रवेश गरेको हुनुपर्छ।'
कन्हैयाका लागि विचारधाराको कुनै पर्वाह नभएको उनको भनाइ छ। 'सीपीआईको आफ्नै महत्वपूर्ण विचारधारा छ। तर कन्हैयाकुमारका लागि विचारधारा महत्वपूर्ण भएन,' उनी दाबी गर्छन्, 'कन्हैया कुमार लामो समयदेखि नयाँ पार्टी प्रवेशको खोजीमा थिए। उनको सोचमा कुनै समस्या थिएन भने उनी कम्युनिस्ट पार्टीबाट कांग्रेसमा किन जान्थे? पहिले उनी जेडीयू जाने चर्चा थियो। चार महिना पहिले उनको बारेमा ठूलो छलफल भएको पनि थियो। उनले विहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेट गरेका थिए।'
'सीपीआईलाई अन्धकारमा राखियो'
अतुल कुमार अन्जानका अनुसार कन्हैया कांग्रेसमा सामेल हुने विषयमा पार्टीलाई कुनै जानकारी थिएन। 'तीन दिन पहिले आइतबार कन्हैया पार्टी कार्यालयमा आए। त्योभन्दा पहिले नै, राष्ट्रिय कार्यकारिणीको बैठक सेप्टेम्बर ४ र ५ मा भएको थियो। त्यो बैठकमा उनी मेरो छेउमा बसेका थिए। तर उनले केही पनि भनेनन्,' अन्जान भन्छन्।
कांग्रेस र विहारको राजनीतिमा निकै चासो राख्ने वरिष्ठ पत्रकार उर्मिलेशका अनुसार कन्हैया कांग्रेस प्रवेश गर्नाले उनको 'महत्वाकांक्षा' देखाउँछ। कन्हैयाको यो निर्णयसँग उनको विचारधारको भने कुनै सम्बन्ध नै नभएको उनको भनाइ छ।
'भारतमा भाकपाको धेरै नराम्रो हालत छ। एक महत्वाकांक्षी युवा नेताले राजनीतिमा एक करिअर बनाउन चाहन्छ भने उसले अरु कुनै पार्टीबारे पनि हेर्नुपर्छ। त्यही कारण कन्हैया कांग्रेसमा गएका हुन्। यदि उनी महत्वाकांक्षी नभएको भए उनले पछिल्लो पटक बेगूसरायबाट संसदीय चुनाव लड्ने निर्णय गर्ने थिएनन्। यो विशुद्ध रायको मात्र विषय होइन। यो विशुद्ध महत्वाकांक्षाको कुरा हो,' उनी भन्छन्। उत्तर भारतमा सीपीआईको कमजोर स्थितिका कारण, उनले कांग्रेसमा सामेल हुने निर्णय गरेको उनको अनुमान छ।

अतुल कुमार अन्जान कन्हैया कुमार आफैँमा यति लोकप्रिय भएको भन्ने विषयसँग पनि सहमत छैनन्। कन्हैया कुमार आज जुनसुकै अवस्थामा भएपनि त्यो सीपीआईकै कारण भएको उनको दाबी छ। 'उहाँसँग कुनै संगठनात्मक क्षमता थिएन। उहाँ हाम्रो संगठन(विद्यार्थी युनियन)को कारण अध्यक्ष बन्नुभयो। अर्को पटक त्यो संगठन समाप्त गर्नुभयो। हाम्रा एक जना पनि नेता चुनाव लड्न नसक्ने भए,' उनले थपे, 'हामीले उनलाई बेगूसरायबाट लोकसभा चुनाव लड्यौं। यो सिट हामीले ६ पटक जितेका थियौं। पहिले हामी १०-१५ लाख रुपैयाँ भित्र चुनाव लड्थ्यौं। त्यो उनीहरुलाई थाहा छैन। उनीहरुले करोडौं रुपैयाँ कहाँबाट संकलन गरे। चुनावी अभियान धेरै छिटो गयो। जब परिणाम आयो, उनी चार लाख २० हजार भोटले हारे। हामीले यस्तो हार कहिल्यै सामना गरेका थिएनौँ।'
कांग्रेस र विहारको राजनीतिमा निकै चासो राख्ने वरिष्ठ पत्रकार उर्मिलेशका अनुसार कन्हैया कांग्रेस प्रवेश गर्नाले उनको 'महत्वाकांक्षा' देखाउँछ।
कन्हैया कुमार गत लोकसभा चुनावमा भाकपाका उम्मेदवार थिए। उक्त क्षेत्रबाट भारतीय जनता पार्टीका नेता गिरिराज सिंह बेगुसरायबाट विजयी भएका थिए।
'कन्हैयाले कुनै वर्ग संघर्ष गरेनन्। उनी वर्ग संघर्षका कारणले आएका होइनन्। उनी ट्रेड युनियनमा काम गर्दैनन्, न उनी किसान वा खेत मजदुरमा काम गर्दथे। लोकसभा चुनावको ६ महिना पछि विधानसभा चुनाव भयो बेगुसरायमा। कन्हैयाको घर भएको क्षेत्र बैरोनीबाट हामीले ५४ हजार भोटले विजयी भयौँ। तर कन्हैया लड्दा पार्टी ठूलो मतान्तरले हारेको थियो।'
वरिष्ठ पत्रकार उर्मिलेश थप्छन्- मिडियामा प्राप्त 'हाइप'का कारण कन्हैयाले आफूलाई एक राष्ट्रिय नेताको रुपमा सोच्न थाले। 'उनी यति धेरै प्रचारमा आए कि उनी एक राष्ट्रिय व्यक्तित्व जस्तै बने। जबकि उनी एक क्याम्पसका विद्यार्थी नेता मात्र थिए। जनताको बीचमा काम गर्नु, समाजको बीचमामा जानु सामान्य राजनीतिक व्यवहार हो। यी काम उनले कहिल्यै गरेनन्,' उनले भने, 'आफ्नो भाषण विद्यार्थीहरुमा लोकप्रिय भइदियो। विद्यार्थी संघमा उनको जितपछि कन्हैले आफ्नो राजनीतिक हैसियतभन्दा धेरै वाहवाही पाए।'
अतुललाई कन्हैया कुमारलाई माथि उठाएर हेरिएको जस्तो लाग्छ। कन्हैया कुमारको राजनीतिक छलाङलाई प्रोत्साहन गर्नुको परिणाम अहिले देखाइदिएको सीपीआई नेताको विश्लेषण छ। 'पार्टीका मानिसहरु यस्तै सोच्न थालेका छन्। हामीले उहाँलाई राष्ट्रिय परिषद र राष्ट्रिय कार्यकारी दुवै सँगै दिएका छौं। उहाँ जहाँ जानुहुन्थ्यो, हामी जान्थ्यौं। उनलाई हवाई टिकट दिइन्थ्यो। तीन वा चार जना सुरक्षाको नाममा आफ्ना साथीहरुलाई लिएर जानुहुन्थ्यो,' अन्जान भन्छन्।
कन्हैया कुमारको कांग्रेस प्रस्थानका कारण सीपीआईलाई कुनै झट्का भने नलगेको उनको दाबी छ। 'सीपीआइलाई कुनै चोटपटक छैन। हाम्रो पार्टी बलियो भयो। पार्टीका अध्यक्ष श्रीपाद अमृत डांगेले पनि एकपटक पार्टी छोडेका थिए। केही फरक पर्दैन। एक ईट्टा पनि हल्लिन,' अन्जानले दाबी गरे।
कांग्रेसले के पायो?
कन्हैया कुमार कांग्रेस प्रवेश गरेपछि धेरै फाइदा हुने कांग्रेसको अपेक्षा छ। पत्रकार उर्मिलेश भन्छन्, 'यो कुरा कांग्रेसका रणनीतिकारहरुको योजनाबाट थाहा हुन्छ। 'गत चुनावमा उनीहरु (कांग्रेस) राजस्थानमा विजयी भए। मध्यप्रदेशमा पनि जित्यो। छत्तीसगढमा पनि जित्यो। तर पनि मध्यप्रदेशले हार्यो पनि। किनभने उनीहरुले सही तरीकाले सरकार बनाउन सकेनन्। कहीं न कहीं कांग्रेस पार्टीको वैचारिक कमजोरी छ। यसको कुनै नयाँ दर्शन छैन। नयाँ विचार छैन,' उर्मिलेश भन्छन्, 'देशको सबैभन्दा पुरानो पार्टी मात्र भनेर पुग्दैन, नयाँ कन्टेन्ट भर्नुपर्छ। राहुल गान्धी कोशिश गर्दैछन्। तर उनीहरुलाई थाहा छैन कि नयाँ कन्टेन्ट के हो भनेर।'
कांग्रेस पार्टी (बाहिरबाट)का नेतालाई लाग्दो हो, बाहिरबाट नेताहरू प्रवेश गराएर नयाँ कन्टेन्ट निर्माण हुन्छ। तर नेता भित्र्याउँदैमा पार्टी बलियो हुँदैन। उसले आफ्नो आधार नयाँ बनाउनु पर्नेछ। यदि नेताहरु तपाईंकहाँ आउँदछन् र जनाधार तयार भएन भने तपाइँ के गर्नुहुन्छ? उत्तर प्रदेशमा कांग्रेसको हालत यही हो। यो कांग्रेसको ठूलो संकट हो।'
(बीबीसी हिन्दीमा प्रकाशित सामग्रीबाट भावानुवाद गरिएको)